प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

श्रीमानको घाँटी थिचेर हत्या, श्रीमती पक्राउ

२०८० मंसिर १९, मंगलबार २०:४४ बजे

हेटौंडा – आफ्नै श्रीमानको हत्या गरेको अभियोगमा श्रीमती पक्राउ पक्राउ परेकी छन् । आफ्नै श्रीमान ६० वर्षीय श्याम कुमार राईको हत्या गरेको अभियोगमा उदयपुरको त्रियुगा नगरपालिका–५ दमौटी सुक्लाई बस्ने ४० वर्षीया निर कुमारी रैनीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

गत शनिबार साँझदेखि श्याम बेपत्ता भएको भन्ने खबर प्रहरीमा प्राप्त भएको थियो । प्राप्त हुनासाथ प्रहरी चौकी लालपत्ताबाट खटिएको प्रहरीले खोजी तथा अनुसन्धान सुरु गरेको थियो । सोही क्रममा निर कुमारीले घरायसी बिवादको कारण श्यामको घाँटी थिचेर हत्या गरेको खुल्न आएपछि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार हत्या गरी घर नजिकै जंगलमा माटोले पुरि स्याउलाले छोपिएर राखेको अवस्थामा उनको शव फेला परेको थियो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।