हेटौंडा – काठमाडौंको नयाँबसपार्कमा कन्टेनरको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा गोरखा घर भएकी ३७ वर्षीया रमा मरह्ठ्ठा रहेकी छन् ।
प्रहरीका अनुसार दुर्घटनामा गम्भिर घाइते भएकी रमाको उपचारको क्रममा शिक्षण अस्पताल महाराजगंजमा मृत्यु भएको हो । नयाँबसपार्कबाट गोंगबुतर्फ जाँदै गरेको ना ८ ख ७५०६ नम्बरको कन्टेनरले सोही दिशातर्फ जाँदै गरेको प्रदेश ३ ०२ ००७ प ३५९९ नम्बरको स्कुटरलाई मंगलबार दिउँसो साढे १२ बजे ठक्कर दिएको थियो ।
दुबै सवारी साधन सहित कन्टेनर चालकलाई प्रहरी प्रभाग नयाँसपार्कले नियन्त्रणमा लिएको छ