प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

संसदभित्रै सांसद थापाले च्याते बजेट किताब

२०८२ असार ५, बिहीबार १९:३२ बजे

काठमाडौँ। नेकपा एकीकृत समाजवादीका सांसद अम्मरबहादुर थापाले आगामी आर्थिक बर्षको बजेट किताब प्रतिनिधिसभा बैठकमा च्यातेका छन् ।

सरकारले ल्याएको बजेटले जनताको भावनालाई समेट्न नसेकेको र एकाधिकार कायम गर्न खोजेको भन्दै सांसद थापाले सदनमा बजेटको रातो किताव च्यातेका हुन् ।

जनताबाट उठेको राजस्वबाट बनेको बजेट जनताप्रति उत्तरदायी नरहेकाले मन नपरेर रातो किताव च्यातेको उनले बताए । उनले सरकारले ल्याएको बजेट र भौतिक मन्त्रालयको बजेट उल्टो बाटोमा हिँडेको आरोप समेत बताए ।