हेटौंडा – माछा पाल्ने पोखरीमा डुबेर चितवनमा एक बालकको मृत्यु भएको छ । भरतपुर महानगरपालिका वडा नं.२९ कुसुमटार बस्ने राज कुमार प्रजाको छोरा ५ बर्षीय सुजन प्रजाको मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।
प्रहरीका अनुसार प्रजाका परिवार सुर्य बहादुर बोहोराको कृषि ब्यबसायिक फर्ममा काम गर्दै आएका थिए । आइताबर दिउँसो पोखरीमा डुबेर मृत्यु भएको हो । घटनास्थलबाट कानुनी प्रक्रिया पुरा गरी शव पोष्टमाटका लागि सरकारी अस्पतालमा लगिएको प्रहरीले जनाएको छ ।