प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

चीनमा २ सयभन्दा धेरै बालबालिकालाई विषाक्त खाना दिएको आरोपमा प्रधानाध्यापकसहित ६ जना पक्राउ

२०८२ असार २४, मंगलबार १९:४२ बजे

हेटौंडा । चीनमा दुई सय जनाभन्दा धेरै बालबालिका सम्भावित सीसा विषाक्तताका कारण बिरामी परेपछि किन्डरगार्डेनका प्रधानाध्यापकसहित ६ जना पक्राउ परेका छन् ।

चीनको सरकारी सञ्चारमाध्यम सीसीटीभीका अनुसार अनुसन्धानकर्ताहरूले पेक्सिन किन्डरगार्डेनमा दुई सय ३३ जना बालबालिकाको रगतमा असामान्य स्तरको सीसा फेला पारेका छन् । तीमध्ये दुई सय एक जना बालबालिकाको अस्पतालमा उपचार भइरहेको छ ।

बालबालिका बिरामी परेपछि विद्यालयको खाना परीक्षण गर्दा बफ्याइएको खुर्सानी केक र मकै रोलका नमूनाहरूमा खाद्य दूषित पदार्थको राष्ट्रिय सुरक्षा मापदण्डभन्दा दुई हजार गुणा बढी सिसा फेला परेको छ ।

खाद्य सुरक्षा मापदण्डहरू सामान्यतया चीनभरि सुधार भएको छ तर गएको वर्ष खाना पकाउने तेल इन्धन बोक्न प्रयोग हुने कन्टेनरहरूमा ओसारपसार गरिएको खुलासाले चिनियाँ सामाजिक सञ्जालमा आक्रोश फैलाएको थियो ।