प्रहर खबर
 २०८१ बैशाख ३१, सोमबार    

कुशल मल्ल २ रनमै आउट

२०८० असार ७, बिहीबार १३:१० बजे

काठमाडौं – जिम्बावेमा जारी आइसिसी एकदिवसीय क्रिकेट विश्वकप क्रिकेट छनोट प्रतियोगितामा वेस्ट इन्डिजले दिएको ३४० रनको लक्ष्य पछ्याएको नेपालले पाँच विकेट गुमाएको छ।

पाँचौ विकेटको रुपमा कुशल मल्ल आउट भए । २२ औँ ओभरको पहिलो बलमा छक्का प्रहार गर्न खोज्दा कुशल क्याच आउट भए । उनी ६ बलमा २ रन जोडेर आउट भएका हुन् ।

यसअघि चौथो विकेटको रुपमा कप्तान रोहित पौडेल भएका थिए । उनी ४३ बलमा ३० रन बनाएर आउट भएका हुन् । ओपनर कुशल भुर्तेल वेस्ट इन्डिजका अल्जारी जोसेफबाट ५ रनमा बोल्ड भए ।

यस्तै भीम सार्की जासन होल्डरको बलमा २ रनमा क्याच आउट हुँदा आसिफ शेख २८ रनमा आउट भए । नेपालले २४ ओभरमा ५ विकेट गुमाएर १०२ रन जोडेर खेलिरहेको छ ।