काठमाडौं – कानेपाली राष्ट्रिय फुटबल टोलीका मिडफिल्डर आयुष घलानलाई यस वर्षको सर्वोत्कृष्ट राष्ट्रिय फुटबल खेलाडी सम्मान प्रदान गरिँदै छ। सहारा क्लब पोखराको आयोजनामा आजदेखि पोखरा रङ्गशालामा सञ्चालन हुने ‘आहा रारा पोखरा गोल्डकप’को २३औँ संस्करणको उद्घाटन समारोहमा सो सम्मान गर्न लागिएको हो।
प्रतिभा छनोटका लागि गठित सिफारिस समितिको सिफारिसबमोजिम क्लबको कार्यसमिति बैठकले आयुषलाई सम्मान गर्ने निर्णय गरेको हो । सम्मानको राशि नगद ५० हजार पाँच रुपैयाँ र सम्मानपत्र छ। राष्ट्रिय टिमका नियमित सदस्य घलाल हेटौंडा उपमहानगरपालिका–१८ निवासी हुन्। सानो उमरेमा राष्ट्रिय टोलीमा स्थान बनाएका घलानले विश्वकप छनोटअन्तर्गत अस्ट्रेलियाविरुद्धको खेलबाट राष्ट्रिय टोलीमा डेब्यू गरेका थिए।