प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

सुन्तला खाँदा अड्किएर तीन वर्षीय शिशुको मृत्यु

२०८० मंसिर ८, शुक्रबार ०८:४८ बजे

रेसुङ्गा– गुल्मीमा सुन्तला खाँदा अड्किएर तीन वर्षीय शिशुको मृत्यु भएको छ। जिल्लाको मालिका गाउँपालिका–५ छापहिलेको छाप राङ्लाका आयुष ठकुरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी नायब उपरीक्षक नवीनकिशोर प्रधानले जानकारी दिए।

मालिका गाउँपालिकाको छापराङ्ला स्थायी घर भएका कमल ठकुरीकी श्रीमती कोपिला छोरासँगै तम्घास मिलनचोक भाडाको कोठामा बस्दै आएकी थिएन्।

बिहीबार दिउँसो साढे १ बजे आमाछोरा घरको छतमा बसेर सुन्तला खाने क्रममा छोरा आयुषको घाँटीमा दुई केस्रा सुन्तला अड्किएको र श्वास फेर्न गाह्रो भएपछि शिशुलाई उपचारका लागि गुल्मी अस्पतालमा पुर्‍याइएको थियो। अस्पताल ल्याएको एक घण्टापछि उनलाई मृत घोषणा गरिएको थियो।