प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

लागूऔषध मुद्दामा फरार प्रतिवादी पक्राउ

२०८० माघ २३, मंगलबार २०:१० बजे

पोखरा – कास्की प्रहरीले लागूऔषध मुद्दामा फरार प्रतिवादीलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा पोखरा–२० घर भई हाल दीप बस्ने २६ वर्षीय ऋतिक परियार रहेका छन्।

परियारलाई मंगलबार घरबाटै पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डिएसपी श्रवणकुमार विकले बताए।

जिल्ला अदालत कास्कीले असोज १५ गते उनलाई लागूऔषध मुद्दामा दोषी ठहर गर्दै एक वर्ष कैद र ५० हजार रुपैयाँ जरिवाना फैसला गरेको थियो। फैसला लगत्तै उनी फरार रहेका थिए।

उनलाई जिल्ला अदालत कास्की उपस्थित गराई सजाय भुक्तानका लागि कारागार चलान गरिएको प्रहरीले जनाएको छ।