प्रहर खबर
 २०८३ भाद्र १९, शुक्रवार    

मुन्नाको नामले बालिका लिएरगएका वीरगञ्जका महमद ईस्राफिम भारतमा पक्राउ

२०८० फाल्गुन २७, आईतबार २१:०१ बजे

रौतहट – आफ्नो नाम परिवर्तन गरी नेपाली बालिकालाई भारतको केरला लैजान लागेका वीरगञ्जका ए कजना मुस्लिम समुदायका युवक भारतको उत्तराखण्डबाट पक्राउ परेका छन्। १४ वर्षीय बालिकालाई नक्कली माया प्रेममा फसाएर केरला लागिरहेका वीरगञ्जका स्थानिय वर्ष २६ का मोहम्मद इस्राफिल अन्सारी पक्राउ परेको भारतीय प्रहरीले जनाएको छ।

भारतको उत्तराखण्ड भीम तालबाट अन्सारी पक्राउसँगै बालिकालाई उद्धार गरिएको मानव बेचबिखन नियन्त्रण इकाई एरिया हेडक्वार्टर एसएसबी बेतिया कार्यालय ४७औं कोर एसएसबी रक्सौलका इन्स्पेक्टर मनोजकुमार शर्माले जानकारी दिएका छन्। बालिकालाई सोधपुछ गर्दा अन्सारीले आफूलाई केरला लैजाने चाहेको बयान दिएपछि उत्तराखण्ड प्रहरीले अनुसन्धानको लागि नियन्त्रणमा लिएको इन्स्पेक्टर शर्माले बताएका छन्।

अन्सारीले नाबालिगसँग इन्स्टाग्राम मार्फत चिनजान गरेका थिए। आफ्नो वास्तविक नाम लुकाएर युवतीलाई मुन्ना महतो बताएका थिए।इस्राफिलले संयोगबस एकदिन आफ्नो मोबाईल घरमा बिर्सेको समय उनका एक जना आफन्तले फोन गरेर इस्राफिल कहाँ छ भनेर सोधेपछिमात्र आफूले उनको वास्तविक नामबारे चाल पाएको बताएकी थिइन्।

आरोपी मोहम्मद इस्राफिल अन्सारीले सोधपुछका क्रममा यस अघि थप दुई युवतीसँग यसै गरी विवाह गरेर छोडेको बयान दिएको भारतीय प्रहरीले जनाएको छ।