काठमाडौं – नेपाली बजारमा सुन–चाँदीको मूल्य बढेको छ । आज शुक्रबार सुनको प्रतितोलामा ७ सय रुपैयाँले बढेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।
महासंघका अनुसार हाल सुन प्रतितोला सुन ९६ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार सुन प्रतितोला ९६ हजार १ रुपैयाँ तोकिएको थियो। यस्तै, आज तेजावी सुनको मूल्य ९६ हजार ३०० कायम भएको छ।
यसैगरी चाँदीको मूल्य पनि बढेको छ। आज १० रुपैयाँले बढेर प्रतितोला चाँदी १२२० रुपैयाँमा खरिदबिक्री भइरहेको महासंघले जनाएको छ। बिहीबार चाँदी प्रतितोला १२१० रुपैयाँमा कारोबार भएको थियो।