प्रहर खबर
 २०८० फाल्गुन १०, बिहीबार    

बढ्यो सुनको मूल्य

२०७९ कार्तिक २३, बुधबार ०७:२० बजे

काठमाडौँ – सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु। एक हजार चार सयले बढेको छ । अघिल्लो दिन प्रतितोला रु। ९४ हजारमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला रु। ९५ हजार चार सय तोकिएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु। ९४ हजार नौ सय छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु। ९३ हजार पाँच सय थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु। ३० ले बढेर रु एक हजार दुई सय ९५ पुगेको महासङ्घले जनाएको छ । महासङ्घले अन्तर्राष्ट्रिय बजारको सुन तथा चाँदीका कारोबार मूल्यका आधारमा यहाँ दैनिक मूल्य तोक्दै आएको छ ।