हेटौंडा – सिरहा एक सुरक्षा गार्डको हत्या भएको छ । जिल्लाको साना सहरी खानेपानी तथा सरसफाइ कार्यालयका सुरक्षा गार्ड किशोरी रायको घाँटी रेटी हत्या भएको इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ ।
सोमबार बिहान रायलाई रगताम्मे अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीको टोली घटनास्थलमा पुग्दा उनको मृत्यु भइसकेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार सोही नगरपालिका–८ का राय मिर्चैयास्थित खानेपानीको कार्यालयमा ८ महिनादेखि कार्यरत थिए । रातिको समय ड्युटीमा रहेका उनको घाँटीमा धारिलो हतियार प्रहार गरी हत्या भएको प्रहरीको भनाइ छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।