हेटौडा – घरको छतबाट हाम्फालेर चितवनमा एकको मृत्यु भएको छ ।
रत्ननगर नगरपालिका–१३, जयमंगला सिद्धिविनायक टोल बस्ने अन्दाजी २५ वर्षीय दिनानन्द दवाडीको मृत्यु भएको हो ।
प्रहरीका अनुसार उनी आफ्नै घरको छतबाट हाम्फालेर गम्भिर घाईते भएका थिए ।
उनको उपचारको लागि नयाँ मेडिकल कलेज भरतपुर लगिएको डाक्टरले मृत घोषित गरेको बागमती प्रहरी कार्यालय मकवापनुरले जनाएको छ ।