काठमाडौँ – नेपाली बजारमा शुक्रबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ । बिहीबार प्रतितोला ९३ हजार २ सय रुपियाँमा कारोबार भएको छापावाला सुनको मूल्य शुक्रबार तोलामा १ सय रुपियाँले घटेर ९३ हजार १ सय रुपियाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
तेजाबी सुनको मूल्य ९२ हजार ६ सय रुपियाँ रहेको महासंघले जनाएको छ । यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । शुक्रबार चाँदी तोलामा १० रुपियाँले बढेर १२ सय २५ रुपियाँमा कारोबार भइरहेको छ ।