काठमाडौं – नेपाली बजारमा आज (मंगलबार) सुनचाँदीको मूल्य बढेको छ। आज छापावाल सुन प्रतितोला ९३ हजार चार सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९२ हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला एक सय रुपैयाँ बढेको हो। सोमबार छापावाल सुन प्रतितोला ९३ हजार तीन सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९२ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी, मंगलबार चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला ११ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार चाँदी प्रतितोला ११ सय ६० रुपैयाँमा खरिद–बिक्री भएको थियो। सोमबारको तुलनामा आज चाँदी प्रतितोला २० रुपैयाँ बढेको महासघंले जनाएको छ ।