प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

सिद्धार्थ राजमार्गमा सुख्खा पहिरो

२०८१ भाद्र ८, शनिबार १८:२० बजे

बुटवल – सुख्खा पहिरोले सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ । पाल्पाको तिनाउ गाउँपालिका-३ दोभान सिद्धबाबा खण्डमा खसेको सुख्खा पहिरोले सिद्धार्थ राजमार्ग अवरुद्ध भएको हो ।

प्रहरीका अनुसार ढुंगा माटोसहितको ठूलो पहिरो खसेर सडकअवरुद्ध भएको छ ।

सुरुङमार्ग निर्माण भैरहेको स्थान नजिक पहिरो खसेकाले सडक खुलाउने प्रयास गरेको प्रहरीले जनाएको छ ।