काठमाडौं – नेपालमा कोरोना सङ्क्रमणबाट थप दुई जनाको मृत्यु भएको छ भने २९९ जनामा सङ्क्रमण पुष्टि भएको छ ।
कुल चार हजार ३३७ कोरोना परीक्षण गर्दा २९९ जनामा सङ्क्रमण पुष्टि भएको हो । एक हजार ६७० पीसीआर परीक्षण गर्दा १८० र दुई हजार ६६७ एन्टिजेन परीक्षण गर्दा १९९ जनामा कोरोना सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५७७ जना सङ्क्रमणमुक्त भएका छन् भने हाल मुलुकमा चार हजार ६२५ जना सक्रिय सङ्क्रमित रहेका छन् ।