हेटौंडा – मकवानपुरको बागमती गाउँपालिका वडा नं.८ भवनचुलीमा शुक्रबार मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा दूई जना घाइते भएका छन् । घाइते हुनेमा मोटरसाइकल चालक बागमती गाउँपालिका वडा नं.२ राईगाउँ बस्ने ३९ बर्षीय अर्जुन पहरी र पछाडी सवार ३४ बर्षीय आईते राम गोले रहेका छन् ।
धरान–चतारा सडकखण्ड अन्तर्गत राईगाउँबाट हेटौंडा तर्फ आउँदै गरेको बा ९७ प ३३४६ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भएर दुर्घटना हुँदा पहरी घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्रहरीका अनुसार पहरीको दाहीने खुट्टा र बाँया हातमा र गोलेको दुबै खुट्टा र बाँया हातमा चोट लागेको छ । दुबै घाईतेको मकवानपुर सहकारी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।