प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

शिक्षक आन्दोलनले एकीकृत समाजवादीको बैठक स्थगित

२०८० आश्विन ४, बिहीबार ०७:०८ बजे

काठमाडौँ – शिक्षक आन्दोलनका कारण ट्राफिक जाम भएकाले नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक स्थगित भएको छ ।

पार्टी कार्यालय आलोकनगरमा साढे १० बजे बस्ने गरी बोलाएको बैठक नेताहरू बैठकस्थलमा आउनै नसकेपछि स्थगित भएको उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।

‘शिक्षक आन्दोलनका कारण सडक अस्तव्यस्त भयो, नेताहरू आउनै सक्नुभएन, त्यसैले बैठक स्थगित भयो’, खतिवडाले भने, ‘शनिबार बैठक बस्ने गरी स्थगित भएको छ ।’ बैठकमा अपानी र असोज १४ देखि देखि सुरु हुने मेचीकाली अभियानको तयारीबारे छलफल हुने बताइएको थियो ।