प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

नेपालले माल्दिभ्ससँग प्रतिस्पर्धा गर्दै

२०८१ कार्तिक ५, सोमबार ०८:४२ बजे

काठमाडौं – साफ महिला च्याम्पियनसिप फुटबलमा सोमबार नेपालले माल्दिभ्ससँग प्रतिस्पर्धा गर्दैछ। खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ साढे ५ बजे सुरु हुनेछ।

समूह बि मा रहेका दुबै टोलीले आ–आफ्ना एक–एक खेल खेलिसकेका छन्। नेपालले पहिलो खेलमा भुटानसँग गोलरहित बराबरीमा रोकिँदा माल्दिभ्स श्रीलंकासँग १–० ले पराजित भएको छ।

समूहमा नेपालको १ अंक छ भने माल्दिभ्सअंकविहीन छ। यो खेल सेमिफाइनल पुग्नका लागि निकै महत्वपूर्ण छ।​ तुलानात्मक रुपमा नेपालभन्दा माल्दिभ्स कमजोर मानिएको छ। तथापि फिनिसिङको समस्या दोहोरिए नेपालकै लागी सेमिफाइनलमा पूग्न कठिन पर्नसक्छ।