प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

नेपालद्वारा पाकिस्तानलाई १५३ रनको लक्ष्य

२०८० मंसिर २२, शुक्रबार १५:२२ बजे

काठमाडौं – एसिसी यू–१९ एसिया कपमा नेपालले पाकिस्तानलाई १५३ रनको लक्ष्य दिएको छ। युएईको दुबईमा पाकिस्तानले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको नेपाल ४७।२ ओभरमा १५२ रनमा अलआउट भयो।

नेपालका लागि उत्तम थापा मगरले अर्धशतक प्रहार गरे। । उनले ७० बलमा ३ चौका र २ छक्का प्रहार गर्दै ५१ रन जोडे। कमजोर स्थितिमा रहेको नेपालको रन उकास्न उनले धैर्यपूर्वक ब्याटिङ गरे ।

मगरलाई दिपेश कँडेलले साथ दिए । उनीहरुले छैटौं विकेटका लागि ६८ रनको साझेदारी गरे । कँडेललेले ५९ बलमा २ चौका र १ छक्काको मद्दतमा महत्वपूर्ण ३१ जोडे । ५ विकेटको क्षतिमा ४६ रन मात्र जोडेको अवस्थामा ब्यटिङ्ग गर्न आएका थिए ।

त्यस्तै विशाल विक्रम केसी र गुल्सन झा १ रन मात्र जोड्दा विकेटकिपर विपिन रावल र कप्तान देव खनाल शून्यमा आउट हुन पुगे । नेपालका प्रमुख व्याटर अर्जुन कुमाल २१ रन जोड्दा आकाश त्रिपाठीले ६ रन र तिलक भण्डारीले ७ रन मात्रै बनाए । अन्तिम विकेटको रुपमा आकाश चन्द ५ रनमा बोल्ड हुँदा सुवास भण्डारी ८ रनमा नटआउट रहे।

बलिङमा पाकिस्तानका मोहमद जीशानले ६ विकेट लिए। उनले ९.२ ओभरमा १९ रन जोड्दा १ मेडन राखे।