प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

मोटरसाइकल दुर्घटना हुँदा तामाङको मृत्यु

२०७९ माघ २८, शनिबार ०२:२६ बजे

भक्तपुर – नगरकोटबाट तेलकोटतर्फ आउँदै गरेको प्रदेश ०३–०२–००९ प ५५०३ नम्बरको मोटरसाइकल आज चाँगुनारायण नगरपालिका–६ बाख्रीगाउँमा आफैँ अनियन्त्रित भई सडकबाट करिब २० मिटर तल खसेर दुर्घटना हुँदा मोटरसाइकल चालक काठमाडौँ शङ्खरापुर नगरपालिका–५ पालुवारीका ४० वर्षीय शङ्खर भोलोन तामाङको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका तामाङको सुस्मा मेमोरियल अस्पताल साँखु काठमाडाँैमा उपचारकै क्रममा आजै मृत्यु भएको प्रहरी परिसर भक्तपुरका प्रहरी निरीक्षक लोकबहादुर जिसीले जानकारी दिनुभयो ।