हेटौंडा – चर्चित लोक गायक प्रकाश सपुतमाथि प्रस्तुति क्रममा स्टेजमै बोतल प्रहार भएको छ । रोमानियामा गायक सपुतमाथि स्टेजमा प्रस्तुतिकै क्रममा एक दर्शकले बोतलले आक्रमण गरेको विभिन्न सञ्चारमाध्यमले जनाएको छ ।
आइतबार राति स्टेजमा गीत गाइरहँदा उनीमाथि आक्रमण भएको हो। एक दर्शकले बोतल प्रहार गर्दा उनको टाउकोमा (आँखा नजिकै) चोट लागेको छ। घटनापछि कार्यक्रम केहीबेर बिथोलिएको थियो। त्यसपछि फेरि सपुतले प्रस्तुति दिएका थिए। बोतल प्रहार गर्ने व्यक्तिलाई आयोजकले नियन्त्रणमा लिएको जनाएको छ। ।