प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

सहचालकले बाटो मर्मत गर्न क्रममा लोडर पल्टियो, गुरुङको मृत्यु

२०७९ चैत्र ४, शनिबार ०३:५९ बजे

हेटौंडा – चितवन ईच्छाकामना गाउँपालिका–२, विप्राङमा लोडर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सहचालक ईच्छाकामना गाउँपालिका–६, चण्डी भन्ज्याङ बस्ने ४२ वर्षीय नवीन गुरुङ रहेका छन् ।

प्रहरीका अनुसार दारेचोक देखी शक्तिखोर जाने सडक खन्दै गरेको साक्षी आदर्श कंस्ट्रक्शनको नम्बर नखुलेको लोडर सहचालकले बाटो मर्मत गर्ने क्रममा लोडर दुर्घटना भएको थियो । लोडर सडकबाट अन्दाजी २० मिटर तल खसेको प्रहरीले जनाएको छ ।