प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

दरबारमार्गमा लिफ्ट बनाउने क्रममा चार तलाबाट खसेर २ मजदुरको मृत्यु

२०८२ असार १६, सोमबार २०:२७ बजे

काठमाडौँ ।  दरबारमार्गमा लिफ्ट बनाउने क्रममा चार तलाबाट खसेर २ मजदुरको मृत्यु भएको छ।

मृत्यु हुनेहरूमा कैलाली घर भएका ३० वर्षका प्रदेशी चौधरी र बर्दिया घर भएका २० वर्षका विशाल चौधरी रहेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक अपीलराज बोहराले थाहाखबरलाई जानकारी दिए।

उनका अनुसार घटना साँझ ५ बजेतिर भएको हो। लिफ्टमा बसेर ग्रिज लगाउँदै गर्दा सिक्री चुँडिएर उनीहरूको मृत्यु भएको प्रहरीले जनाएको छ। 

दरबारमार्गस्थित हिटीपोखरी नजिक पोतला डेभलप्मेन्ट प्रालिले बनाउँदै गरेको ९ तले पक्की घरको चौथो तलाबाट उनीहरू खसेका थिए।