हेटौंडा – छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ । रुपन्देहीमा दुई, कैलाली र सिरहामा एक–एक जनाको मृत्यु भएको हो ।
रुपन्देहीको गैडहवा गाउपालिका २ मा मंगलबार दुई वटा मोटरसाइकल आपसमा ठक्कर खादा दुबै चालकको मृत्यु भएको हो । मृत्यु हुनेमा दुर्घटनामा परी गैडहवा गाउँपालिका २ जोगडा बस्ने २३ वर्षीय सन्तोष पासी र १६ वर्षीय निरज लोध रहेका छन् । लु.५ प ९७ ३२ नम्बरको मोटरसाइकल र लु.७६ प ३३७२ नम्बरको मोटरसाईकल मंगलबार बिहान ८ बजे एकआपसमा ठक्कर खाएको प्रहरीले जनाएको छ ।
त्यस्तै कैलालीको टिकापुर नगरपालिका १ खडकचोकमा मंगलबार बिहान बसको ढोकाबाट खसेर बस धनीको मृत्यु भएको छ। लम्कीचुहा नगरपालिकस १ का ४० वर्षीय बिष्णु देवकोटाको मृत्यु भएको प्रहरीले जनाएको छ । टिकापुरबाट धनगढीतर्फ जाँदै गरेको ना ५ ख ५८ ७२ नम्बरको बसको ढोकाबाट आज बिहान साढे ८ बजे उनी खसेका थिए । बस सहित चालकलाई ईलाका प्रहरी कार्यालय टिकापुरले नियन्त्रणमा लिएको छ ।
यसैगरी सिरहाको लक्ष्मीपुरपतारी गाउपालिका १ रामपुरमा ट्याक्टरको ठक्करबाट एक बृद्धको मृत्यु भएको छ । स्थानीय ७० वर्षीय जुगती दासको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । स १ त ६० २९ नम्बरको ट्रयाक्टरले घर अगाडी बाटोको छेउमा बसिरहेको अवस्थामा दासलाई मंगलबार बिहान साढे १० बजे ठक्कर दिएको थियो । ट्रयाक्टर सहित चालकलाई इलाका प्रहरी कार्यालय महेशपुरपतारले नियन्त्रणमा लिएको छ ।