हेटौंडा – साफ च्याम्पियनसिप फुटबल अन्तर्गत कुवेतविरुद्ध खेल्ने नेपालको सुरुआती-११ सार्वजनिक भएको छ । प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले कुवेतसँग खेल्ने नेपाली टिम सार्वजनिक गरेका छन् ।
कुवेतविरुद्ध कप्तान किरणकुमार लिम्बु, अनन्त तामाङ, रोहित चन्द, विमल पाण्डे, सनिश श्रेष्ठ, एरिक विष्ट, पुजन उपर्कोटी, लाकेन लिम्बु, अन्जन विष्ट, नवयुग श्रेष्ठ र मनिष डाँगी पहिलो रोजाईमा खेल्नेछन् ।
प्रशिक्षक एनेसले गत जेठ ३२ मा फिलिपिन्ससँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलेको टिमबाट एकजना परिवर्तन गरेका छन् । आयुश घलानको स्थानमा मनिष डाँगीलाई पहिलो रोजाइमा ल्याएका छन् ।
आमन्त्रित टिमको रूपमा कुवेत पहिलो पटक दक्षिण एसियाको सबैभन्दा ठूलो फुटबल प्रतियोगिता साफ च्याम्पियनसिपमा खेल्दैछ । साविक उपविजेता समेत रहेको नेपालले बलियो टिम कुवेतमाथि जित निकाल्ने योजना सहित मैदानमा उत्रिनेछ ।
राष्ट्रिय टोलीका पहिलो रोजाईको खेलाडी विदेशीसंंगै नेपालीको खेल तुलनात्मक रुपमा कमजोर देखिएको छ । बलियो प्रतिद्वन्दी कुवेतविरुद्ध नेपालले जित निकाल्न चुनौतीपूर्ण देखिन्छ । प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसेले छोटो तयारीका बिचमा प्रतियोगितामा सामेल हुन लागेको नेपाली टिमले कठिन चुनौतीको सामना गर्न सक्षम रहेको बताएका छन् ।
नेपाल भर्सेस कुवेत: हेड-टु-हेड
गत वर्ष मात्रै एसियन कपको छनोटमा कुवेतसँग नेपाल ४–१ गोलले पराजय भएको थियो । यससँगै नेपाल र कुवेतका बिचमा ९ खेल भएका छन् । नतिजा सुखद छैन । नेपालले कुवेतसँग ८ खेलमा पराजित भएको छ भने एक पटक बराबरी खेलेको छ । नेपालले २ गोल कुवेतविरुद्ध गर्दा ३४ गोल खाएको छ ।
सन् १८८२, एसियन गेम्सः नेपाल १–३ कुवेत
सन् १९८६, एसियन गेम्स, नेपाल०–५ कुवेत
सन् १९९४, एसियन गेम्स, नेपाल ०–८ कुवेत
सन् २०००, एसियन गेम्स, नेपाल ०–५ कुवेत
सन् २०१९, मैत्रीपूर्ण खेल, नेपाल ०–० कुवेत
सन् २०१९ मार्च, मैत्रीपूर्ण खेल, नेपाल ०–१ कुवेत
२०१९ कै सेप्टेम्बर, विश्वकप छनोट, नेपाल ०–७ कुवेत
२०१९ नोभेम्बर, विश्वकप छनोट, नेपाल ०–१ कुवेत
२०२२, एएफसी एसियन कप, नेपाल १–४ कुवेत