काठमाडौँ – सातौँ संस्करणको साफ महिला च्याम्पियनशिपमा भारतले कट्टर प्रतिद्वन्द्वी पाकिस्तानलाई विजयी शुरुवात गरेको छ।
काठमाडौँको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामामा आज भएको उद्घाटन खेलमा पाकिस्तानलाई ५–२ गोलले पराजित गर्दै भारतले प्रतियोगितामा विजयी शुरुवात गरेको हो।
भारतको जितमा २ गोल गरेकी ग्रेस डेङ्माई प्लेयर अफ द म्याच भइन्। मनिषा, ज्योति र बालादेवीले १/१ गोल गरे। पाकिस्तानका लागि सुहा हिरानी र कायला सिद्धिकले १/१ गोल फर्काए।
खेलको चौथो मिनेटमै पाकिस्तानविरुद्ध अग्रता लिएको भारतले दोस्रो हाफमा लगातार गोलको वर्षा गरेको थियो। प्रतियोगितामा नेपालसहित माल्दिभ्स, पाकिस्तान, श्रीलंका, भारत, भुटान र बंगलादेश सहभागी छन्।
साविक विजेता बंगलादेशसहित भारत र पाकिस्तान समूह ‘ए’ मा छन्।
समूह ‘बी’ मा नेपालसँगै भुटान, श्रीलंका र माल्दिभ्स छन्।
नेपालले भोलि पहिलो खेलमा भुटानसँग खेल्नेछ।