सप्तरी – सप्तरीमा गएको दुई दिनमा मात्रै दुई नावालकसहित तीन जनाले झुन्डिएर आत्महत्या गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार राजविराज नगरपालिका–८ स्थिति डेरा गरेर बस्ने १४ वर्षीय अमन विकले आफ्नै सुत्ने कोठामा आमाको साडीको पासो लगाएर आत्महत्या गरेका छन् ।बिहान आफू पसलमा तरकारी बेच्न गएको अवस्थामा अमनले आत्महत्या गरेको मृतकका परिवारले जनाएको छ ।
त्यसैगरी, सुरुङा नगरपालिका वडा नं ५ को १५ वर्षीय निरज साहले विराटनगरस्थित एक स्कुलको होस्टलमा बस्दै आएको र होस्टलभित्रै आत्महत्या गरेको निरजको प्रहरीले जनाएको छ ।
यता, खड्क नगपालिका –४ मा पनि एक स्वास्थ्यकर्मीले शनिबार राति नै झुण्डिएर आत्महत्या गरेको इलाका प्रहरी कार्यालय कडरबोनाले जानकारी दिएको छ ।
खड्क नगरपालिका वडा नम्बर – ३ घर भएका स्वास्थ्यकर्मीले जागिरबाट सोही दिन फर्केर आउँदा सो राति खड्कस्थित डेरा गरेर बस्ने दाइभाउजुको घरमा बसेको थियो । राति छोरा बुवासँगै सुतेको मध्यरातमा नौ वर्षीय छोराले उठेर बुवालाई खोज्दै गर्दा बुवा झुण्डिएको अवस्थामा फेला परेको मृतकको परिवारले जनाएको छ ।