प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

नारायणगढ–मुग्लिन सडक आज र भोली बन्द नहुने

२०८० पौष २९, आईतबार १२:३७ बजे

हेटौंडा – नारायणगढ–मुग्लिन सडक आज र भोली दुई दिन २४ सै घण्टा खुल्ला रहने भएको छ । सडक डिभिजन कार्यालय भरतपुरका अनुसार माघी पर्वलाई लक्षित गरी पुष २९ गते र माघ १ गते दुई दिन २४ सै घण्टा खुल्ला रहने भएको हो ।

जिल्ला प्रशासन कार्यालय चितवनमा बसेको सर्वपक्षीय बैठकले माघ २० गतेसम्म दैनिक ४ घण्टा बन्द गरेर पहाड काट्ने(सडक विस्तार) निर्णय गरेको थियो । माघे सङ्क्रान्ति पर्वमा प्रसिद्ध धार्मिकस्थल देवघाट नुहाउन, दर्शन गर्न आउने भक्तजनहरुको सुविधाका लागि मात्रै सडक २४ सै घण्टा खोल्ने निर्णय भएको थियो ।

माघी पर्वलाई लक्षित गरी आज पनि सडक २४ सै घण्टा खुल्ला गरिएको नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन)का सूचना अधिकारी कृष्णप्रसाद आचार्यले जानकारी दिए ।