हेटौंडा – हेटौंडामा र्याप ब्याटल 'र्याप तन्त्र' संचालन हुने भएको छ । सौगात सुनचाँदी पसलको आयोजनामा हेटौंडा–१७ हटियामा 'र्याप तन्त्र' हुने भएको हो ।
आयोजक सफलसौगात सुनचाँदी पसल सञ्चालक तथा र्याप तन्त्रका निर्माता सफल दुतराजले भाग लिन चाहने कलाकारले डिजिटल अडिसनमार्फत सहभागिता जनाउन सक्ने जानकारी दिएका हुन् । उनले आज (बिहिबार)बाट डिजिटल अडिसन खुल्ला गरिएको बताए ।
बडादशैंको अवसर पारेर आयोजना गरिएको र्याप ब्याटलमा सहभागी हुन चाहने २ मिनेटसम्मको भिडियो [email protected] मा पठाउनुपर्नेछ । अडिसन आश्विन ७ गतेसम्म खुला रहनेछ ।
हेटौंडा– १७ हटियास्थित नमोवुद्ध रेष्ट्रोमा आश्विन १० गतेदेखि र्याप ब्याटलको फिजिकल अडिशन सुरु हुने सञ्चालक दुतराजले बताए । उनले प्रतियोगिताको निर्णयक र पुरस्कार राशीको बारेमा केही दिनमै टुङ्गो लगाइने बताए ।