प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

बन्द प्रशिक्षणबाट १० खेलाडी बाहिरिए

२०७९ भाद्र १४, मंगलबार १३:४६ बजे

काठमाडौं – नेपाली पुरुष राष्ट्रिय टोलीका कार्यवाहक मुख्य प्रशिक्षक प्रदीप हुमागाईले मंगलबार आफ्नो टोली घटाएका छन् । हुमागेनले राष्ट्रिय टोलीमा बोलाइएका ४० मध्ये १० खेलाडीलाई आउट गरेका हुन् ।

डिफेन्डर देवेन्द्र तामाङ, चिरिङ गुरुङ, निशान खड्का, अमित तामाङ र गौतम श्रेष्ठ बाहिरिएका छन् । प्रशिक्षक हुमागाईले मिडफिल्डर पूजन उपरकोटी, राजन गुरुङ र सुवास गुरुङलाई पनि छोडेका छन् भने फरवार्ड जर्ज प्रिन्स कार्की र आशिष चापागाईले पनि टोली छाड्ने भएका छन् ।

नेपालले सेप्टेम्बर २७ मा बंगलादेशसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्दैछ ।

टोली

गोलकिपरः किरण चेम्जोङ, बिकेश कुथु, विशाल श्रेष्ठ, दीप कार्की

डिफेन्डरः अनन्त तामाङ, रोहित चन्द, विकास तामाङ, विकास खवास, दिनेश राजवंशी, सुमन अर्याल, रञ्जित धिमाल

मिडफिल्डरः तेज तामाङ, सेसेहाङ आङ्देम्बे, विशाल राई, अरिक विष्ट, मनिष डाँगी, सुरज जेउ ठकुरी, सुनील बल, आयुष घलान, सुजल श्रेष्ठ, आभास लामिछाने, सुदीप गुरुङ, संजोग राई, अन्जन विष्ट

फरवार्डः विमल घर्ती मगर, ऋतिक खड्का, अभिषेक रिजाल, भरत खवास, आशिष चौधरी, नवयुग श्रेष्ठ