काठमाडौं – मैत्रीपूर्ण फुटबल खेलमा नेपाल म्यानमारसँग पराजित भएको छ । सोमबार म्यानमारको थुवुन्ना रंगशालामा भएको दोस्रो मैत्रीपुर्ण खेलमा नेपाल १–० गोल अन्तरले पराजित भएको हो ।
विश्वकप छनोटको तयारीमा रहेको नेपाल दोस्रो खेलमा पराजित भएको हो ।प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । दोस्रो हाफको खेल पनि निकै प्रतिस्पर्धात्मक थियो ।
नेपालले खेलको अन्तिम समयमा गोल खाएको थियो । खेलको ८६औँ मिनेटमा म्यानमारका लागि विन लाइङले निर्णायक गोल गरेका थिए ।यसअघि भएको पहिलो मैत्रीपूर्ण खेलमा गोल रहित बराबरी खेलेको थियो ।
फिफा मान्यता प्राप्त मैत्रीपूर्ण खेललाई नेपालले सन् २०२६ को विश्वकपको छनोट तयारीको रुपमा लिएको छ ।