प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

कान्ति लोकपथ सडक अवरुद्ध

२०८१ श्रावण १६, बुधबार ०९:१७ बजे

काठमाडौं – पहिरो खसेर कान्ति लोकपथको ललितपुर खण्ड अवरुद्ध भएको छ । अविरल वर्षाका कारण बागमती गाउँपालिका–३ स्थित पाङ्दुर डोल र टाकुर्चेमा पहिरो खस्दा सडक पूर्णरुपमा बन्द भएको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ ।

प्रहरीका अनुसार महालक्ष्मी नगरपालिका हुँदै काभ्रे जाने सडक पनि अवरुद्ध भएको छ । महालक्ष्मी नगरपालिका–९ लाकुरीभञ्ज्याङको सिस्ने खर्कमा पहिरो आएर सड्क अवरुद्ध भएको हो । महालक्ष्मी–१० स्थित सामुदायिक भवन नजिकै पनि पहिरो खसेर सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ ।