प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

मोटरसाइकलको ठक्करबाट श्रीमानको मृत्यु

२०८० पौष १२, बिहीबार २०:४४ बजे

हेटौंडा  – चितवनमा भएका सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । चितवनको भरतपुर महानगरपालिका–२९ भतेरी जंगलस्थित सडकमा लु.८ प २५६८ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा नवलपरासी पश्चिम सुनवल नगरपालिका–८ जयगुडी बस्ने ६२ वर्षीय श्रीमान गुरुङ रहेका छन् । ठक्करबाट गम्भीर घाइते भएका उनको एलाइभ अस्पताल भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिइएको जनाएको छ ।