प्रहर खबर
 २०८३ कार्तिक ४, मङ्गलवार    

मदिरा सेवन रोक्न पुनर्स्थापना केन्द्रमा राखिएको पुरुषको मृत्यु

२०८० पौष २४, मंगलबार ०८:४८ बजे

हेटौंडा – भरतपुर महानगरपालिका-५ नारायणपुरमा रहेको लाइफ केयर पुनर्स्थापना केन्द्रमा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा खैरहनी नगरपालिका-८ का ५८ वर्षीय चित्रबहादुर थापा रहेका छन् ।

केन्द्रमा अचानक ढलेर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्रीराम भण्डारीले बताए। मृतकको शवको पोस्टमर्टम रिपोर्ट आउन बाँकी छ।

घटनाको थप अनुसन्धान भइरहेको उनले बताए। थापाले अत्यधिक मदिरा सेवन गर्न थालेपछि उनको परिवारले यही पुस १७ गते पुनर्स्थापना केन्द्रमा ल्याएका थिए।