प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

सेती नदीको खोँचबाट गोताखोरले निकाले युवकको शव

२०८१ बैशाख ३, सोमबार १९:५३ बजे

पोखरा – यही बैशाख १ गतेबाट हराईरहेका एक युवकको शव सशस्त्र प्रहरी बलको गोताखोरले सेती नदीको खोँचबाट निकालेका छन् ।

सेती नदीको १५० मिटर गहिराईमा ढुंङ्गामा अड्किएको अवस्थामा युवकको शव सोमबार सशस्त्र प्रहरी बलको गोताखोर टोलीले निकालेको छ ।

कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिका- १ करुवा बस्ने २५ बर्षका युवक बैशाख १ गतेदेखि हराएका थिए ।