हेटौंडा – टिपरबाट बालुवा झार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । धादिङको बेनिघाट रोराङ गाउँपालिका(२ छापडाँडास्थित भित्रि सडक खण्डमा बालुवा झार्न टिपरको ढाला खोल्ने क्रममा बिधुतको तारमा करेन्ट लागेर एक जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा टिपरका सह–चालक १९ वर्षीय ठाकुर मगर रहेका छन् ।सडक निर्माणको लागि मलेखुबाट ताल्ति तर्फ बालुवा लिएर जादै गरेको बा.प्र.०३–००१ ख २११३ नं को टिपर बालुवा झार्न ढाला खोल्ने क्रममा बिधुतको तारमा करेन्ट लागेर मगरको मृत्यु भएको प्रहरीले जनाएको छ ।