प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

मकवानपुरमा पानीमा डुबेर एक जनाको मृत्यु

२०८१ बैशाख २, आईतबार २०:२८ बजे

हेटौंडा – मकवानपुरको थाहा नगरपालिका वडा नं.४ धारापानीस्थित खोलामा डुबेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही वडाको नारायणझ्याउ बस्ने ७२ की लाक्पा शेर्पा रहेकी छन् ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार आइतबार बिहान १० बजेर ३० मिनेटको समयमा धारापानीस्थित खोलामा जम्मा भएको पानीको खोल्सामा शेर्पा मृत भेटिएकी थिइन् । मृतकको श्रीमान श्याम बहादुर थिङले घटनास्थलमा आएर सनाखत गरेको प्रहरीले जनाएको छ ।

घटनास्थलको मुचुल्कापछि शव पोष्टमाटमका लागि हेटौंडा अस्पताल ल्याईएको प्रहरीले जानकारी दिएको छ ।