प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

भारत महिला एशिया कपको फाइनलमा

२०८१ श्रावण ११, शुक्रबार १८:३० बजे

काठमाडौँ – भारत जारी महिला एशिया कपको फाइनलमा पुगेको छ ।

शुक्रबार सम्पन्न पहिलो सेमिफाइनल खेलमा भारतले बंगलादेशलाई १० विकेटले पराजित गर्दै प्रतियोगिताको फाइनलमा पुगेको हो ।

बंगलादेशले दिएको ८१ रनको लक्ष्य पछाएको भारतले ११ ओभरमा कुनै विकेट नगुमाएर लक्ष्य पुरा गरेको थियो ।

यसअघि टस जितेर पहिला ब्याटिंग गरेको बंगलादेशले २० ओभरमा ४ विकेट गुमाउदै ८० रन बनाएको थियो ।

अब भारतले उपाधिका लागि दोस्रो सेमिफाइनलका पाकिस्तान र श्रीलंकाबीचको विजेतासँग आइतबार खेल्ने तालिका रहेको छ । दोस्रो सेमिफाइनल खेल आजै हुदै छ ।