प्रहर खबर
 २०८० आश्विन १४, आईतबार    

हेटौंडाको राप्ति खोलामा सरसफाई(तस्वीरसहित)

२०८० जेठ १६, मंगलबार १३:२७ बजे

हेटौंडा – ५१ औं विश्व वातावरण दिवसको पूर्वसध्यामा हेटौंडाको राप्ति खोला क्षेत्रमा सरसफाई गरिएको छ । विश्व वातावरण दिवसको सप्ताहव्यापी कार्यक्रम अन्तर्गत पहिलो दिन टोलविकास संस्था नगर समन्वय समिति, हेटौंडा उपमहानगरपालिकाको आयोजनामा पूर्वपश्चिम राजमार्ग अन्तर्गत राप्तिपुल मुनी सरसफाई गरिएको हो ।

कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका मेयर मिना कुमारी लामाको प्रमुख आतिथ्यता तथा नगर समन्वय समितिका अध्यक्ष ध्रुब अधिकारीको अध्यक्षता तथा हेटौंडा उपमहानगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष पूर्वा लामा, समावसेवी, कर्मचारी, सुरक्षकर्मी, वातावरण प्रेमि स्थानीयहरुको सहभागिता रहेको थियो ।

तस्वीरः हेटौंडा उपमहानगरपालिका