प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

मकवानपुरको सिमात खोलामा शव फेला

२०८१ श्रावण २७, आईतबार २०:१५ बजे

हेटौंडा – मकवानपुरको बकैया गाउँपालिका वडा नं.५ पावसस्थित सिमात खोलामा एक पुरुषको शव फेला परेको छ । आइतबार अपरान्ह सिमात खोलाको पानीमा तैरिररेको अवस्थामा शव फेला परेको हो ।

शव बकैया–५, राजदमार बस्ने अन्दाजी ६० वर्षीय आशाकाजी दोङको रहेको उनको छोरी शान्ति लामाले पुष्टि गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्रहरीका अनुसार दोङ शनिबार बैङ्कबाट पैसा निकाल्न भनी हिँडेका थिए ।

घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।