प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

जिपको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु, एक घाइते

२०८० श्रावण १६, मंगलबार ०९:०० बजे

हेटौंडा – झापाको कन्काई नगरपालिका ४ त्रिवेणी चोकमा जिपको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

नम्बर खुल्न नसकेको जिपले मे ३ प ७०७९ नम्बरको मोटरसाइकललाई सोमबार बेलुका साढे ८ बजे ठक्कर दिएको थियो । ठक्करबाट घाइते भएका मोटरसाइकलमा पछाडि सवार कन्काई नगरपालिका ४ कै ३५ वर्षीय शम्भू लिम्बुको विर्तासिटी अस्पतालमा उपचारको क्रममा राति ९ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरका अनुसार मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ । दुर्घटना पश्चात जिप सहित फरार रहेका चालकको खोजी भइरहेको इलाका प्रहरी कार्यालय सुरुङ्गाले जनाएको छ ।