प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

मालवाहक ट्रक दुर्घटना हुँदा चालकको मृत्यु

२०८१ कार्तिक ३, शनिबार २१:०५ बजे

मान्म – कर्णाली राजमार्गको सुर्खेत–जुम्ला सडक खण्डअन्तर्गत कालीकोटको तिलागुफा नगरपालिका–५ खल्लागाडमा मालवाहक ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।

आज जुम्लाबाट सुर्खेत जाँदै गरेको लु १ क ३९३० नम्बरको ट्रक खल्लागाड पुलनजिकैको मोडमा अनियन्त्रित भई दुर्घटना भएको कालीकोटका प्रहरी प्रमुख टेकबहादुर रावतले बताए।

ट्रक सडकबाट करिब ५० मिटर तल खोलामा खसेको छ। चालकको घटनास्थलमै मृत्यु भए पनि सनाखत भने हुन नसकेको प्रहरीले जनाएको छ।