प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

मकवानपुरमा टौवास खोलाले बगाएर शर्माको मृत्यु

२०८२ असार २१, शनिबार १९:५२ बजे

मकवानपुर । मकवानपुरको भिमफेदी गाउँपालिका–१, टौवासमा खोलाले बगाउँदा एक जना घुम्न आएका पुरुषको मृत्यु भएको छ।

पर्सा, वीरगञ्ज महानगरपालिका–५ का करिब ५० वर्षका पुरुषोत्तम शर्मा साथीहरूसँग गाडी रिजर्भ गरी टौवास आएका थिए। उनीहरू बनभोजपछि नुहाउँदै खोलापारी जान खोज्दा एकाएक पानीको बहाव बढ्यो। तेज भेलले शर्मालाई करिब ४ सय  मिटर तलसम्म बगायो । उद्धार टोलीले उनलाई घटनास्थलबाट केही तल निकाले पनि त्यसबेला नै मृत्यु भइसकेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

मनसुन सक्रिय भई खोलानाला अकस्मात् बढ्ने भएकाले प्रहरीले नदी–खोला आसपासमा सतर्क रहन सबैलाई अनुरोध गरेको छ।