हेटौंडा – सुर्खेतको विरेन्द्रनगर नगरपालिका १० मा मिनी ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । मृत्यु हुनेमा विरेन्द्रनगर नगरपालिका ११ का ४२ वर्षीय कृष्ण चौधरी रहेका छन् । गम्भीर घाइते भएका चौधरीको उपचारको क्रममा कर्णाली प्रदेश अस्पताल कालागाउँमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार घाइते भएका ४९ वर्षीय बुद्धिराम थारुको सोही अस्पतालमा उपचार भइरहेको छ । बामेखोलाबाट तिनकुने तर्फ आउँदै गरेको भे १ ख १५२८ नम्बरको मिनि ट्रकले सोमबार बिहान ९ बजे पैदल हिडिरहेका दुबैजनालाई एकै साथ ठक्कर दिएको थियो । मिनि ट्रक चालक भने नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।