प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

बाँके, बर्दिया, दाङ, बागलुङ, पाल्पा र कास्कीमा बाढी

२०८२ असार ६, शुक्रबार ०८:०४ बजे

काठमाण्डौ। लगातारको वर्षासँगै बाँके, बर्दिया, दाङ, बागलुङ, पाल्पा र कास्कीमा बाढी आएको छ ।

बबई नदीअन्तर्गत बाँकेको बार्गदह, बर्दियाको रानीजरुवा, कुर्मागाउँ र रम्भापुर तथा दाङको पदमपुरमा बाढीले खतराको तह पार गरेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

यस्तै बर्दियाकै दौलतपुरमा रहेको कर्णाली नदीमा पनि बाढी आएको छ । नारायणी नदीअन्तर्गत बागलुङको बोबाङ, पाल्पाको जाल्पा र कास्कीको लुम्लेमा पनि बाढी आएको महाशाखाले जनाएको छ ।

लगातार पानी परिरहेका अरू ठाउँमा पनि बाढीको जोखिम रहेकाले सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ ।