प्रहर खबर
 २०८३ भाद्र १८, बिहीवार    

प्रधानमन्त्री प्रचण्डकी नातिनी प्रतिभाले गरिन् इन्गेजमेन्ट

२०८० मंसिर १४, बिहीबार १०:१९ बजे

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी नातिनी प्रतिभा पाठक विवाह बन्धनमा बाँधिने भएकी छन्।

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालकी छोरी प्रतिभाले गोरखाका विज्ञानबाबु रेग्मीसँग इन्गेजमेन्ट (टीकाटालो) गरेकी छन्। उनीहरूबीच आगामी मंसिर २३ गते विवाह गर्ने तय भएको छ।

प्रतिभाको इन्गेजमेन्टमा प्रधानमन्त्री प्रचण्ड पनि सहभागी भएका थिए। प्रतिभा उच्च शिक्षाका लागि विदेश गएकी थिइन्। रेनु प्रचण्डकी माइली छोरी हुन्।