प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

जबरजस्ती करणी गरेको आरोपमा थापा पक्राउ

२०८१ आश्विन २८, सोमबार ०५:४२ बजे

वालिङ – बोल्न नसक्ने महिलालाई जबरजस्ती करणी गरेको आरोपमा स्याङ्जामा एक जना पक्राउ परेका छन्। प्रहरीले हरिनास गाउँपालिका–४ का ४५ को टुक बहादुर थापालाई पक्राउ गरेको हो ।

राम्रोसँग बोल्न नसक्ने बौद्धिक अपाङ्गता भएकी ३० वर्षीय परिवर्तित नाम ‘०८१-०८२ आँधिखोला ८१’ लाई फकाई जंगलमा लगी धाक धम्की दिई, डर त्रासमा पारी जबरजस्तीकरणी गरेको आरोपमा थापालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक हरि प्रसाद पौडेलले जानकरी दिए।

घटनाबारे अनुसन्धान भइरहेको उनको भनाइ छ ।